मिस युनिभर्स सेनिस पलासियोस नेपाली जीवित देवी कुमारीको भेषभूषामा सजिएर ‘कल्चरल फोटोसुट’ गरिन् ।

मिस युनिभर्सले इन्स्टाग्राम पृष्ठमा लेखेको छ, ‘कुमारी पोशाक, ईश्वरीय नारीत्वको प्रतीक स् मिस युनिभर्सले सुन्दरता, अनुग्रह र आध्यात्मिकताको प्रतिनिधित्व गर्ने यो प्रतिष्ठित पोशाक र नेपाली सांस्कृतिक सम्पदालाई सम्मान गर्छ ।’

नेपाल बसाइमा पलासियोसले भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गर्दै नेपाली पुरातात्विक सम्पदाको प्रशंसा गरेकी थिइन् । आगामी शनिबार हुने मिस युनिभर्स नेपालको फिनालेअघि बहालवाला मिस युनिभर्स विजेताले पहिलोपटक नेपाल भ्रमण गरेकी हुन् ।