युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त पारेको बताएका छन्।
स्थानीय अधिकारीहरुका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा पठाइका करिब ४० ड्रोनहरू ध्वस्त पारिएका छन् । ड्रोनको उत्पादन बढ्दै गएपछि युक्रेनले पनि रुसमाथि आक्रमण बढाएको छ ।
यसअघि रुसले युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा पनि आक्रमण गरेको थियो जसमा १४ वर्षीया बालिकाको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूले यो रुसी नियन्त्रित बम आक्रमण भएको बताएका छन्।
यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए ।




















