प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाणपत्र पाएका छन् । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका उनले भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ
साम्पाङ स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
जिल्लाको मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन् ।




















