बिहानदेखिको वर्षाले चितवनको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सडक तथा वस्तीहरु जलमग्न भएका छन्।

जल तथा मौसम विज्ञान विभागकाअनुसार चितवनको कल्यानपुरमा पछिल्लो ६ घन्टामा १०३ मिलिमिटर वर्षा भएको छ। भरतपुर, माडी‍, झुवानी, रामपुर लगायतका स्थानहरूमा पनि मध्यमदेखि भारी वर्षा भएको छ। 

केही स्थानहरू रोकिएका केही स्थानहरूमा पानी परिरहेको छ। वर्षाका कारण खोलाहरु बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रिउ खोला र यसका सहायक नदीका तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

तस्बिरः रासस