जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ ।  वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ ।  

शानशान ताइफुनलाई जापानमा एक दशकयताकै सबैभन्दा डरलाग्दो ताइफुन मानिएको छ । ताइफुन केही कमजोर बनेको र सोमबारसम्ममा उष्णकटिबंधीय चक्रवातमा परिणत हुने प्रक्षेपण गरिएको छ । तर शुक्रबार बिहानतिर प्रतिघण्टा १२६ किमीका दरले आँधी चलिरहेको थियो । क्युशुमा मंगलबार अबेर रात पहिरो जाँदा एके परिवारको तीन जनाको मृत्यु भएको थियो ।