कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८०१ जनाभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको त्यहाँका स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । उनले सुरक्षात्मक उपायको पालना गर्न नागरिकलाई आग्रह गरे । संदिग्ध घटना द्वन्द्व प्रभावित प्रान्तमा धेरै छन् ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा समन्वयात्मक प्रयासमार्फत एमपक्स ९मंकीपक्स० फैलन नदिन रणनीतिक योजनाको सुरुआत गरेको छ । सिन्ह्वारन्युज एजेन्सी नेपाल ।




















