नेकपा एकीकृत समाजवादी को महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छिन् । झाँक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् । एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित
राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमाले विभाजनपछि बनेको नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।
पार्टीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन् । केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।
यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका थिए । अन्य पदाधिकारी चयनका लागि भने मंगलबार मतदान भएको हो ।




















