मंगलबार मध्यान्हमा धरान उपमहानगरपालिका(३ माछाभौडीमा खुकुरी प्रहार गरी एक जना बालिकाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए।

माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना शाही र उनकी १४ वर्षीया छोरी युनिसा शाहीमाथि बहिनीज्वाई पर्ने खाँदबारी नगरपालिका(२ बस्ने ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेका थिए।

सिर्जना आफ्नै मोबाइल पसलमा बसिरहँदा बबिनसँग घरायसी विवाद भएको थियो। सामान्य झगडा हुँदा बबिनले सिर्जना र उनकी छोरी युनिसामाथि अन्धाधुन्धा खुकुरी प्रहार गरेको एसएसपी दाहालले बताए।

खुकुरी प्रहारबाट सिर्जनातको बाँया पाखुरामा चोट लागेको छ। युनिसाको बाँया छातीमा गम्भीर चोट लागेको थियो।