एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ, जुन कार्यक्रममा साधारणतया एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ । यो वर्षको कार्यक्रममा एप्पलको नयाँ आईफोन १६ का विभिन्न मोडलसँगै एप्पलका वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडेल, नयाँ सफ्टवेयर अपडेट र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी थप घोषणा हुने अपेक्षा गरिएको छ ।