अमेरिकामा रहेका नेपाली कलाकारलाई समेटेर अभिनेता समेत रहेका विमलेश अधिकारीले वेब सिरिज ‘घर स् बट इन अमेरिका’ बनाउने भएका छन् ।
मंगलबार पोस्टर सार्वजनिक गर्दै उनले सिरिजको घोषणा गरे । उनले यो सिरिज नेपाली कथावाचनमा कोसेढुंगा हुने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्टलुक प्रस्तुत गर्दैछु । यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्वपूर्ण कोसेढुंगा हुनेछ । यो सपना साकार गर्न सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ ।’
यो सिरिजबाट कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् । उनले गत साता सुनसरीका स्थानीय कांग्रेस नेतासँग दोस्रो विवाह गरेकी थिइन् । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् ।




















