देशभर मनसुनी वायुको प्रभाव रहेकोले केही ठाउँमा हल्का पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।

आज कोशी प्रदेशका एक–दुई ठाउँहरुमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको छ ।