कोशी राजमार्गको धनकुटा बागपाइले खोलामा बोलेरो गाडी दुर्घटना हुँदा दुई बालक घाइते भएका छन् ।    संखुवासभाको उम्लिङ बाट धरान जाँदै गरेकोतफै जाँदै गरेको को १ ज २१३७ नम्बरको गाडी दिउँसो साढे १ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते बालकहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

गाडी सडकबाट करिब एक सय मिटर तल खसेको छ । गाडीमा चार बालकसहित नौ जना सवार रहेको चालक राजेन्द्र माझीले बताए । ब्रेकमा समस्या आएपछि मर्मतको लागि वर्क शपमा लैजानेक्रममा गाडी भीरबाट तल खसेको उनले जानकारी दिए । चालक माझी र अन्य यात्रुको अवस्था सामान्य रहेको जनाइएको छ ।