यार्सागुम्बा निर्यातबाट एक महिनामै ८ करोड बढी भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना ९साउन० मा २०४ किलो यार्सागुम्बा निर्यात हुँदा ८ करोड १९ लाख ४० हजार रुपैयाँ भित्रिएको हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ करोड ७३ हजार रुपैयाँले निर्यातमा गिरावट आएको केन्द्रीय भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष ९२०८०र०८१० को साउनमा ३७३ किलो यार्सागुम्बा निर्यात हुँदा २३ करोड २० लाख १३ हजार रुपैयाँ भित्रिएको थियो । जसअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो वर्ष यार्सागुम्बा निर्यात परिमाणमा २०४ किलो कमी देखिएको छ ।
चालु वर्षको साउनमा ६ वटा मूलुकमा यार्सागुम्बा निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा ३ करोड ९८ लाख ९२ हजार रुपैयाँको ६० किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।




















