मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 मनसुनको प्रभावले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कर्णाली  प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले शनिबार बुलेटिन जारी गरी जानकारी दिएको छ।  शनिबार र आइतबार कतैपनि भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै शनिबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने  र  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित‍ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।