मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा बोक्सी खोला थुनिएको छ । हिमपहिरो आएर बोक्सी खोला थुनिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
हिमपहिरोले खोला थुनिएसँगै तटीय क्षेत्रका बासीलाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ । यस्तै हिमपहिरोका कारण जोखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेको छ ।
हिमपहिरो बस्तीमाथि आएर अड्किएको र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




















