तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । बसमा सवार यात्रुहरू घाइते भएका छन् । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घाइतेको उद्दार भइरहेको छ ।
उक्त बसमा भारतीय यात्रुहरू थिए । घटनास्थलबाट स्थानीयहरुले सामाजिक सञ्जालहरुमा गरिरहेको लाइभमा ठूलो पहराबाट खसेको बस मर्स्याङ्दीका किनारमा देखिन्छ । तर नजिकै ठूलो भेल छ । बसको छत क्षतविक्षत छ । विस्तृत विवरण आइरहेको छ ।




















