फार्मेसीबाट लागु औषधको कारोबार गरेको आरोपमा एक सञ्चालकसहित २ जना पक्राउ परेका छन् । पोखरा ९ नयाँबजारबाट शंकास्पद अवस्थामा धादिङका २७ वर्षीय विजय पोखरेललाई खानतलासी गर्दा उनको साथबाट टापेन्टाडोल हाइड्रोक्लोरिड क्याप्सुल १२० चक्की बरामद भएको थियो ।
उनीसँग सोधपुछ गर्दा फार्मेसीबाट खरिद गरेको बयान दिएपछि नयाँ बजारमा रहेको विभुति फार्मेसीमा समेत सोही ट्याबलेट भेटिएकोले सञ्चालक ४८ वर्षका केदार अधिकारीलाई पनि पक्राउ गरिएको छ । फार्मेसीबाट ९० चक्की सोही लागू पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।




















