आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ ।




















