सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको टाउको नभएको अवस्थामा शव भेटिएको छ । गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव आज विहान भेटिएको हो ।
ऋषिदेवको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शव भेटिएपछि घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए ।
‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ,’ एसएसपी दाहालले भने । हत्या गरिएको ऋषिदेव रिङ बनाउने काम गर्दै आएका थिए ।




















