कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो । ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो । 

अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्युटी सकेर आराम गर्न गएकी थिइन् । घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली, हैदराबाद, मुम्बई, पूणे, लखनऊ, अहमदाबाद, गुहावटी, चेन्नई प्रयागराज लगायतका सहरहरूमा पनि विरोध प्रदर्शन गरिएका छन् । तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन् । बलात्कारपछि हत्या गरिएको चिकित्सकको  विरोधमा नेपालमा पनि  प्रदर्शन गरिएकोृ छ ।