दलितका लागि दलित अभियानले काठमाडौँको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् 

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् । अभियानका संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन । दलितहरूका अधिकार  कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ 

उनले दलितहरूको अधिकार एमाले र काँग्रेसले काटेको आरोप लगाए ।  उनले नयाँ आएका दलहरूले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए ।

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र काँग्रेसले दलितहरूलाई जातीय विभेद गरेको आरोप समेत लगाएका छन् ।