सामाजिक विषयवस्तुमा तयार फिल्म ‘आँखा’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनि लामा सिनेमाजले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अन्य कुनै पनि नेपाली फिल्मले मिति तोकेका छैनन् । यो फिल्मले असोज ११ मा सोलो रिलिजको अबसर पाउनेछ ।
फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभुमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर(समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ ।
निर्देशक जौन योन्जनले पोस्टरमार्फत फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ ।




















