थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका(५को थामे बजारमा ठूलो क्षति भएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो आएको बाढीका कारण ७ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ७ जनाको उद्धार गरिएको छ । एउटा विद्यालय, पाँच वटा होटल र एउटा क्लिनिक क्षतिग्रस्त भएको छ । शुक्रबार दिउँसो आएको भीषण बाढीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
उनका अनुसार थामेका ७ वटा घर अति जोखिममा छन् भने अन्य घरमा पनि पानी र लेदोसहितको बाढी पसेको छ । यस्तै बाढीमा एक जना मानिस बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




















