सेयर बजारले ३ हजारको विन्दु क्रस गरेको थियो भने ६ अर्बमाथिको कारोबार भएको थियो ।  अन्तिम समयसम्म तीव्र उतारचढावका बिच अन्ततः नेप्से सूचक ४३।०५ अंकले बढ्दै ३ हजार ८१ विन्दुमा अड्डिन पुगेको छ । यता कारोबार भने २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमाथि भएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले जनाएको छ । 

बिहीबार बैंकिङ समूहको उपसूचक ५।५६ अंकमाथिले बढ्दा समग्र बजार नै प्रभावित बन्न पुगेको छ । यस्तै डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी ५ वटा उपसूचक मात्र ऋणात्मक भएका छन् । 

बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।