सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९स्२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो। बा २० च ८२८३ नम्बरको गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो।
तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी सडकमै पल्टिएको हो। दुर्घटनाबाट दुई जनाको मृत्यु भएको एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन्।
उनकाअनुसार दुर्घटनाबाट ११ जना घाइते छन्। जसमध्ये तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ।
अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।




















