बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२।७६ बिन्दुले बजार बढेको हो ।  मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६६ कम्पनीको मूल्य बढ्दा ७१ को घटेको छ भने ६ को स्थिर रहेको छ।  सुरुआती समयमा बैंकिङ समूहले बजारलाई उचालेको छ ।

११ : ३० बजेसम्म बैंकिङ समूहको सूचक ४।६, विकास बैंक १।५, फाइनान्स १।४, होटल तथा पर्यटन १।९, हाइड्रोपावर १।३, लगानी १।३, उत्पादन ०।६, माइक्रोफाइनान्स ०।४, निर्जीवन बीमा १।८ प्रतिशत बढेका छन् । जीवन बीमा ०।१ तथा अन्य ०।९ प्रतिशत घटेका छन् ।

कारोबार रकमका आधारमा अपी पावर, कुमारी बैंक, हिमालयन रि, चन्द्रागिरि हिल्स तथा सिंगटी हाइड्रो क्रमशः अगाडि देखिएका छन् ।