लमहीमा श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दाङ, लमही नगरपालिका–९ स्यालेका श्यामकुमार कुमाललाई ४२ वर्षीया श्रीमती ईश्वरी कुमालको हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

बुधबार बिहान दुवै जना मादक पदाबर्थ सेवन गरी हात्तीखालबाट घर फर्कँदै गर्दा बाटोमा विवाद भई श्याम कुमारले श्रीमतीलाई लट्ठीले संवेदनशील अंगमा प्रहार गरी कपाल समाएर बाटोमा घिसारी हत्या गरेको उनले जानकारी दिए ।

हत्यापछि श्रीमतीलाई बाटोमै छोडी हिँडिरहेका कुमाललाई प्रहरीले लमही–९ जलकुण्डीबाट पक्राउ गरेको छ । कुमाललाई बुधबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अुनसन्धान गरिरहेको डीएसपी तिमल्सिनाले बताए ।