हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोसी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
गए राती कोसी प्रदेशको मोरङ जिल्ला, केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २ र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ, सिन्धुपाल्चोक, बारा, मकवानपुर , दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सिराहा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
यस्तै मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा लगायत मधेश र कोशी प्रदेशका धेरै ठाउहरुमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा सो क्षेत्र भइ बहने स–साना नदीहरूमा जलसतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




















