बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका ६ घर भई हाल बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति बुटवल उपमहानगरपालिका ७ दिपनगरस्थित कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा उनी सख्त घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।




















