मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८।१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ ।
कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन बैंकिङ ०।४५, फाइनान्स १।५७, जीवन बीमा ०।५४ तथा व्यापार समूह ०।०६ प्रतिशत बढे । विकास बैंक १।३६, होटल तथा पर्यटन २।२५, उत्पादन १।४०, माइक्रोफाइनान्स १।१३, निर्जीवन बीमा १।०२ र अन्य समूह सूचक ०।७४ प्रतिशत घटे ।
मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ९।७, शुभम् पावरको ९।६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७।७ प्रतिशत बढ्यो ।
नेपाल फाइनान्सको मूल्य ९।९ प्रतिशत घट्यो । सगरमाथा जलविद्युतको ७।१, आत्मनिर्भर लघुवित्तको ६।९, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४।५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, अपी पावर तथा अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।




















