यही साउन ३२ गते शुक्रबार देखि प्रदर्शनको तयारीमा रहेको फिल्म बुलाकी' को नयाँ गीत सार्वजनिक गरिएको छ।  सोमबार सार्वजनिक 'रातले कुर्या चन्द्रमा' गीतमा गायक करण परियार र गायिका अन्नु चौधरीको स्वर छ।

नेपाल आइडल सिजन ५ का विजेता करणको यो पहिलो फिल्मी गीत हो। उनले यसबाट पार्श्वगायनमा डेब्यु गरेका हुन्।  गीतमा शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ।  भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन्। 

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा बनेको 'बुलाकी' लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन्।