बिहारको जहानाबादमा मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ । जहानाबाद जिल्लाको बाबा सिद्धेश्वर मन्दिरमा सोमबार राति साढे १२ बजेतिर भागदौड मच्चिएको हो । मृत्यु हुनेमा ३ जना महिला पनि गएका छन् ।

जहानाबादका अधिकारीहरूका अनुसार घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि जहानाबाद सदर र मखदुमपुर सदर अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आज साउनको अन्तिम सोमबार भएकाले पनि शिव मन्दिरहरूमा भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।