‘ सुपरहिट चलचित्र ‘अवतार’ को तेस्रो संस्करण घोषणा गरिएको छ । शुक्रबार क्यालिफोर्नियामा आयोजित डिस्नी फ्यान इभेन्टमा यसको घोषणा गरिएको हो ।
चलचित्रको नाम ‘अवतार स् फायर एन्ड एयास्’ राखिएको छ । १२ हजार दर्शक सहभागी कार्यक्रममा निर्देशक जेम्स क्यामरुनले आगामी संस्करण ‘मानिसहरूले सोचेभन्दा फरक हुने’ जिकिर गरे ।
कार्यक्रममा क्यामरुनसहित चलचित्रकी स्टार जोई साल्डाना र साम वर्थिङटन पनि सहभागी भएका थिए । चलचित्र सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुने बताइएको छ । यसअघि सन् २००९ मा अवतारको पहिलो संस्करण रिलिज भएको थियो । त्यसपछि सन् २०२२ मा अवतार ः द वे अफ वाटर प्रदर्शनमा आएको थियो ।
सो कार्यक्रममा सन् २००३ को चर्चित कमेडी चलचित्र फ्रिकी फ्राइडेको दोस्रो संस्करणको पनि घोषणा गरियो । अभिनेत्री लिन्ड्से लोहान र जेमी ली कर्टिस ‘फ्रिकियर फ्राइडे’ को प्रमोसनका लागि उपस्थित थिए ।




















