इटहरी । ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुनसरी  क्षेत्री नं.२(क)ले नव दृष्टि आँखा अस्पतालकाे सहयाेगमा नि:शुल्क आँखा शिविर संचालन गरेकाे छ   । 


शुक्रबार श्री बाल बहुभाषिय आधारभूत विद्यालयमा एक कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावककाे आँखा परिक्षण गरेकाे हाे । जनजाति २ 'क' का सभापति सन्दिप राईले पछिल्लाे समय नानीबाबुहरुमा आँखामा धेरै समस्या देखा परेकाले याे अवसर पारेर अभिभावक सहितकाे शिविर संचालन गरेकाे बताए । 


शिविरमा ६५ जनाले आँखा परिक्षण गराएका छन् । जसमध्ये ५ जनाकाे अबस्था गम्भीर देखिएकाले थप उपचारकाे लागि अस्पतालमा लग्ने र आवस्यक सहयाेग गर्ने अध्यक्ष राईले जानकारी दिएका छन् ।


कार्यक्रममा २० नम्बर वडाका वडा अध्यक्ष मणीराम श्रेष्ठ  ,  नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ 'क' का सभापति सुबेक्छु देवान राई , नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकाका सचिव द्वाेय बिक्रम घिमिरे र मन्दिव भट्टराई, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुनसरी  क्षेत्रीय नं.२ का सभापति  तेज नारायण चाैधरी लगायतको उपस्थिति रहेकाे थियाे ।

Messenger_creation_cc315217-0ae0-4b9a-bd35-d6eea3a84a4b