काठमाडौंको सुन्दरीजल भूमिस्थलको एक कारखानामा आगलागी भएको छ। शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका(२ सुन्दरीजल भूमिस्थलीस्थित मनकामना ऊन कारखानामा आगलागी भएको हो।
ओखलढुंगा लिखु गाउँफालिका(४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले उक्त कारखाना संचालन गर्दै आएका थिए। उक्त आगलागी नियन्त्रणमा लिन ५० जना प्रहरी, २५ जना नेपाली सेनाको टोली खटिएका छन्।
दमकल र पानी ट्यांकरले आगो निभाउने प्रयास गरिरहेका छन्। आगो कसरी लागेको भन्ने खुलिसकेको छैन।




















