देशै भरि आज शुक्रबार आदिवासी जनजाती दिवस मनाई रहँदा इटहरीमा पनि झाँकि सहितको  र्‍याली निकालि  विभिन्न कार्यक्रम गरि आदिवासी दिवस  मनाइएको छ ।र्‍यालीले इटहरी नगर परिक्रमा गरेको थियो  आदिवासी दिवस प्रत्येक वर्ष अगस्ट ९ मा विश्वभर मनाइन्छ, जसको उद्देश्य आदिवासी समुदायहरूको अधिकार, पहिचान, र सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धन गर्नु हो।

आदिवासी दिवसले आदिवासी समुदायहरूको योगदानलाई मान्यता दिन्छ र उनीहरूको अधिकारहरूको संरक्षणको लागि आवाज उठाउँछ। यस दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ जसमा आदिवासी समुदायको कला, संगीत, नृत्य, र परम्पराहरूको प्रदर्शन गरिन्छ ।

त्यसैगरि, काठमाडौंमा  भृकुटीमण्डपबाट झाँकीसहितको र्‍याली निकालिएको छ।  दिवसका अवसरमा प्रज्ञा भवनमा  कार्यक्रम गरिएको छ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो।