आजबाट फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ आएको फिल्मले सिंगल सोलो रिलिज अवसर पाएको छ ।

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न निर्माताले सुन उपहार योजना समेत ल्याएका छन् । ‘खल्ती एप’बाट फिल्मको टिकट काट्ने ५ जना र हलमै गएर टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिने केही अगाडि एक कार्यक्रम सहमति घोषणा भएको थियो । उपहार ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिने प्रस्तुतकर्ता नारायण खातीले बताए । सुन उपहार योजनाले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

राजु गिरीको निर्देशन रहेको फिल्ममा नम्रता सापकोटा, गौरव पहाडी राजाराम पौडेल, राजेन्द्र खड्गी, सरोज खनाल, सविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, कंगना गिरी, राजेन्द्र गिरी, अस्मिता न्यौपाने आदिको अभिनय छ । फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल रहेका छन् ।

शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व तथा गौतमराज खड्काको सम्पादन  फिल्ममा छ ।