एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ  सुनको  मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। 

बिहीबार प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।