काठमाडौं महानगरपालिका नजिकको सडक फेरि भासिएको  छ ।  महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो । 

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ । महानगरपालिकाका एक कर्मचारीका अनुसार सडक विभागले सडक बनाउन केही दिन लाग्ने जानकारी महानगरलाई गराएको छ  ।