तिज पर्व नेपाली समाजमा विशेष महत्व राख्ने चाड हो। महिलाहरु विशेषगरी यस पर्वमा विशेष प्रकारका गीतहरु गाउने र नाच्ने परम्परा रहेको छ। तिजका गीतहरुले परम्परागत र धार्मिक पक्षहरुलाई उजागर गर्दै, महिलाहरुका भावना र अनुभवहरुलाई व्यक्त गर्न मद्दत गर्दछन्। तर, पछिल्लो समय तिजका गीतहरुमा देखिएको बिकृति र अस्वाभाविकताको कारण यस पर्वको पवित्रता र मौलिकता धमिलो बनिरहेको छ।
तिजका परम्परागत गीतहरुमा महिला अधिकार, दमन, पीडा, र सामाजिक असमानता जस्ता विषयवस्तुलाई प्रमुखताका साथ प्रस्तुत गरिन्थ्यो। यी गीतहरुले महिलाहरुको आवाजलाई बुलन्द बनाउने काम गर्थे। तर, आधुनिकतासँगै तिजका गीतहरुमा विकृतिहरु देखिन थालेका छन्।
तिजका गीतहरुमा अश्लीलता र भडकिलो शब्दावलीको प्रयोग हो। परम्परागत गीतहरुमा संयम र भद्रता राखिन्थ्यो, तर अहिलेका गीतहरुमा भने महिलाको सुन्दरता, शारीरिक बनावट र कामुकताको अन्धाधुन्ध प्रस्तुति भइरहेको छ। यस्तो प्रवृत्तिले तिजको धार्मिक र सांस्कृतिक महत्वलाई खतरामा पारिरहेको छ।
तिजका गीतहरुमा विदेशी संस्कृतिको प्रभाव हो। आधुनिक तिज गीतहरुमा पाश्चात्य संगीत, डान्स र पहिरनको मिश्रण देखिन्छ, जसले गर्दा तिजको मौलिकता हराउँदै गएको छ। नेपालीपनको कमीले गर्दा यस पर्वको मौलिकता मात्र नभएर हाम्रो समाजको सांस्कृतिक सम्पदामा पनि नकारात्मक असर परिरहेको छ।तिज पर्वलाई व्यापारको साधन बनाइने क्रम बढ्दो छ। गीतहरुमा भावना र सन्देशको सट्टा व्यावसायिक फाइदाका लागि छाडापन र उत्तेजनात्मक तत्वहरु समावेश गरिन्छ। यसले समाजमा विकृत मान्यताहरुको प्रोत्साहन गरिरहेको छ।
यसैगरी, समाजमा देखिने भौतिकवाद र प्रदर्शनप्रियताले पनि तिजका गीतहरुमा विकृति ल्याएको छ। महिलाहरुबीच गरगहना, पहिरन र आर्थिक सम्पन्नताको प्रदर्शन गर्ने प्रतिस्पर्धा बढ्दो छ। यसले तिजलाई धर्म, संस्कृति र परम्पराभन्दा धेरै सम्पन्नताको प्रदर्शनको माध्यम बनाएको छ।
तिज पर्वको गीतहरुमा देखा परेको विकृतिले हाम्रो समाजको सांस्कृतिक सम्पदामा गम्भीर चुनौती खडा गरेको छ। हामी सबैको दायित्व हो कि परम्परागत र मौलिक पक्षहरुलाई जोगाउँदै तिज पर्वलाई सम्मानपूर्वक मनाऔं। यसो गर्दा मात्र हामीले हाम्रो संस्कृति र परम्परालाई संरक्षण गर्न सक्नेछौं।




















