दक्षिण भारतीय अभिनेता नागा चैतन्य र शोभिता धुलिपालाले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले बिहीबार नजिकका साथीभाइ र परिवारबीच इन्गेजमेन्ट गरेका हुन्। उनीहरूको इन्गेजमेन्टको तस्बिर नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार नागा चैतन्य र शोभिता धुलिपाला गत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।




















