प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका(२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो




















