धरानको अवस्था तनावग्रस्त बनेको छ । खानेपानी को बिषयमा चर्किएको विवाद का कारण स्थानिय आन्दोलनमा उत्रिएका छन्।  धरान उपमहानगरपालिका गेट अगाडि सुरक्षाकर्मी र धर्नामा बसेकाहरु बिच झडप भएको छ ।

धरान खानेपानी बोर्डले धरानको खानेपानी महशुल शुल्क अत्याधिक बढाएको बुरुद्धमा दस दलको नेतृत्वमा आज बिहान देखि  धरान उपमहानगरपालिका गेट अगाडि धर्ना कार्यक्रम भइरहेको छ । उपमहानगरपालिका गेट अगाडि सुरक्षाकर्मिको बाक्लो उपस्तिथि रहेको छ ।

दस दलका अनुसार धरान खानेपानी बोर्डले यहि श्रावण १ गते देखि लागू हुनेगरी ९ हजार ९ सय प्रतिशत सम्म खानेपानी महशुल शुल्क बढाएको जनाएको छ । आन्दोलनकारी हरुले धराने जनता एक हौ भन्दै नारा लगाएका छन् ।