बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ ९पुरुष०, जी लि ९पुरुष०, यियाद वु –महिला० र जेमिङ सी ९पुरुष० रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।