धरानमा सडक भासिएको छ । बिहान ४बजे बाट परेकोे पानीले पुल २ टुक्रा भएको र सडक भासिएको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने यो बाटो मा पुल भत्किदा मानविय क्षति नभएको बताइएको छ ।
गत चैत महिनामा निर्माण सम्पन्न भएको सो राजमार्ग आज बिहान भएको वर्षाले धरान–८ बौद्ध दाहसंस्कार छेउ स्थित ३ ढ्वाङ्गे पुल माथिको बाटो भत्किएको हो ।
मदन भण्डारी राजमार्ग बाटो कालोपत्रे बनाउने ठेक्का श्री मोतिदान निर्माण कम्पनी काठमाडौँले पाएको थियो । ठेक्का निर्माण कम्पनी हरुले लापरबाहिले गर्दा यस्ता समस्या हरु आइपर्ने गरेको छ ।




















