एसइई को पूरक परीक्षा बुधबारदेखि सुरू भएको छ।  काठमाडौं उपत्यकासहित देशभरिकै विभिन्न विद्यालयका परीक्षा केन्द्रमा एसइईको पूरक परीक्षा सुरू भएको हो।गत असारमा एसइईको नतिजा आउँदा २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका थिए। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने निर्णय गरेको थियो। 

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै दुईभन्दा बढी विषयमा नन  ग्रेड आए पनि पूरक परीक्षा दिन पाउने निर्णय गरेकी थिइन्। उक्त निर्णयअघिसम्म दुई विषयमा नन ग्रेड आए मात्रै पूरक परीक्षा दिन पाइन्थ्यो।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७।८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।