जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। bभेरी नगरपालिका(६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००र४०० मिटर खस्दा भेरी(६ गंगटिया बस्ने ३४। वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो।
दुर्घटनामा परी १४ जना यात्रु घाइते छन्। bउनीहरूको उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाइएको छ।




















