डेङ्गु एक विषाणुजन्य रोग हो, जुन एडिज लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग विश्वभरि नै प्रकोपको रूपमा फैलिरहेको छ, विशेषगरी गर्मी तथा वर्षायाममा। एडिज लामखुट्टे प्रायः दिनको समयमा टोक्छ र यसले सफा पानीमा अण्डा पार्छ। डेङ्गु रोगका मुख्य लक्षणहरूमा उच्च ज्वरो, टाउको, आँखाको गेडी, जोर्नी, र मासपेशी दुख्ने, र छालामा रातो दाग देखा पर्नु पर्दछ। कहिलेकाहीं, रोगीलाई वाकवाकी, वान्ता, पेट दुख्ने र रक्तश्रावसमेत हुन सक्छ।
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । डेङ्गु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्। कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन्।काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेङ्गुबाट एक जनाको मृत्यु भएको बताएको छ।




















