गुल्मीमा पहिरो जादा  चार जनाको मृत्यु  भएको छ। दुई जना घाइते छन्। मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र दुई जना घाइते रहेको वडाध्यक्ष विष्णुध्वज खातीले जानकारी दिए।

‘माथिबाट आएको पहिरोले आज बिहान दुई घर पुरेको हो, चार जनाको मृत्यु भएको छ भने घाइते दुई जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं,’ उनले भने।

वडाध्यक्ष खातीका अनुसार हुकुम विक, गोरे विक, मसुरी विक र रियन्सा विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने विष्णु विक र मुना विकलाई उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।