आगामी २४ घण्टामा कोशी प्रदेश सहित देशका केही ठाउँमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार प्राय सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ । यसले खतरा निम्त्याउँछ ।
महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ ।
महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।




















